‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । राजधानी र मोफसलबाट ६१ वटा टोलीले प्रतियोगितामा भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले राष्ट्रिय रिनङ सिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने पनि उनले जनाए