काठमाडौं : आज अर्थात् मे १ विश्वभरका मजदुरले मनाउँदै आएका छन्। आफ्नो हक स्थापित भएको दिनका रूपमा मे दिवस विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकले मनाउँदै आएका छन्। नेपालमा १ सय ३३ औँ मजदुर दिवस ‘दिगो विकासमा मजदुरको आवश्यकता र रोजगारी सिर्जनामा अग्रसरता’ भन्ने नारासाथ मनाइँदै छ। नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि यो दिवस मनाउन थालिएको हो। सरकारले आज अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ। सो बिदा वास्तविक मजदुरले पा