प्रतिनिधिसभा बैठक : प्रत्यायन विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रियसभाको सन्देशसहितको ‘प्रत्यायन विधेयक २०७८’ पारित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पारित गरियोस् भनी सदनमा प्रस्तुत गरेको उक्त विधेयक सदनको बहुमतले पारित गरेको हो । विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले विधेयकको उद्देश्य नै प्रत्यायनको माध्यमबाट समरुपता प्रमाणित गर्ने र अन्तर्राष्ट्रिय मान्यता प्रदान गराउने तथा अन्तर्राष्ट्रिय व्यापारमा वस्तु र सेवाको पहुँच गराउनु रहेको बताए ।