माओवादी केन्द्रका सदस्यबाट १ सय रुपैयाँ उठाइने, रचनात्मक काममा खर्च गरिने

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन् । त्यसबाट आठ करोड रुपैयाँ बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज आइतवार बसेको पार्टीका पूर्वस्थायी समितिका सदस्यको बैठकले पार्टीको कार्यालय विस्तार तथा व्यवस्थापनका लागि एक पटकका लागि त्याे परिमाणमा रकम सङ्कलन गर्ने निर्णय गरेको हो । बैठ...