अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूसहित अन्य केही विश्वासपात्रलाई प्रतिबन्ध लगाएको छ ।
प्रतिबन्धको सूचीमा रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोभको परिवारका सदस्य पनि रहेका छन् । रुसका प्रमुख बैंकहरूलाई समेत प्रतिबन्धमा समावेश गरिएको छ । रुसले युक्रेनमा गरेको आक्रमण र बुचा सहरमा भएको घटनापछि पछिल्लो प्रतिबन्ध घोषणा गरिएको हो ।
केही दिन अगाडि युुक्रेनको राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा मानिसका शव रहेकाे दृश्य सार्वजनिक भएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले यो घटनालाई युक्रेनको स्वार्...