तान्न पुगेन सास, जताततै चल्यो बतास

ओहो ! चिसो, त्यसमाथि हावा...! यो जाडो कसरी कटाउने होला ?धन्न यहाँ हावा मात्रै चलेको छ, सहरतिर बतास नै चल्यो रे ।अनि यहाँ पनि बतास नै चलेकै छ नि, हावा भनेको बतास हैन र भन्या, के कुरा गरेको होला ?यहाँ चलेको बतास कपाल मात्रै उडाउन खालको, सहरतिर चलेको बतासले त कुर्सी पनि उडाउन सक्छ रे ।कुर्सी उडाउन बतास नै चल्नुपर्दैन क्या । अनि कुनै कुर्सी त जति बतास चले पनि डेग चल्दैन । बरु यसपालि सहरमा चलेको बतास चाहिँ कस्तो खालको हो त ?खै कस्तो कस्तो । कुरा सुन्दा गतिवान बतास जस्तो लाग्छ, तर परिणाम सुन्दा अगतिलो लाग्छ ।हैन भन्...