दुग्ध किसानले पाए ३६ लाख अनुदान

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई उत्पादनको आधारमा नगद अनुदान वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को दुध सङ्कलन विवरणको आधारमा दुध उत्पादन अनुदान वितरण गरेको हो । यही हिसाबका आधारमा ३६ लाख १२ हजार ४०३ रुपियाँ अनुदान वितरण गरिएको छ । दुधमा आत्मनिर्भर तिलोत्तमाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्न उत्पादनमा आधारित अनुदान कार्यक्रम अगाडि बढाएको हो । नगरपालिकाले नियमित रूपमा पशु बिमा रकममा ५० प्रतिशत अनुदान पनि दिँदै आएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । अनुदानमा साना किसानको पहुँचलाई बढाउँदै दुग्ध उत्पादनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम ल्याइएको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

दूध किसानले पाए सोह्र लाख अनुदान

बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु १६ लाख ४२ हजार रकम भित्र्याएका छन् ।

दूध किसानले पाए सोह्र लाख अनुदान

बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्।

दूध किसानले पाए सोह्र लाख अनुदान

बागलुङका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन्।

दूध किसानले पाए १६ लाख अनुदान

बागलुङ ।  जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दूधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ । केन्द्रले घाँस र मासुमा दिइने अनुदान आगामी आर्थिक वर्षदेखि कटौती गरेको जनाएको छ । घाँस र मासुमा दिने अनुदान प्रभावकारी […]

दुध किसानले पाए सोह्र लाख अनुदान

जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु. १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दुधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।

कागजमा सीमित र नक्कली किसान खडा गर्ने दुई सहकारीले पाए ३५ लाख दुग्ध अनुदान

- धनुषाको मिथिलाबिहारी नगरपालिका– ६ मा रहेको भनिएको लोकतन्त्र कृषि सहकारीले किसानमार्फत दूध संकलन गरेबापत

उत्पादनमा अनुदान, किसानमा उत्साह

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दसैंको अघिल्लो दिन सहकारीबाट १३ हजार पाए । दैनिक ५० देखि ७० लिटर दूध विक्री गर्ने पौडेल मेहनत गरेबापत पाएको रकमले प्रफुल्लित थिए । उनीजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध सबै व्यावसायिक किसानले दसैं खर्च हुनेगरी धेरै÷थोरै पैसा पाए । सहकारीबाट पैसा बोकेर बाहिर निस्केका सबै किसानको मुहारमा छुट्टै चमक थियो । गण्डकी प्रदेश सरकार र जैमिनी नगरपालिकाले दुग्ध उत्पादक किसानका लागि दिएको उत्पादनमा आधारित अनुदानले यस वर्ष जैमिनीका किसानले दसैं मनाएका छन् । प्रदेश सरकारले १० महीनाको प्रतिलिटर २ र जैमिनीले प्रतिलिटर १ रुपैयाँका दरले दुग्ध किसानलाई अनुदान दिएका हुन् ।      ‘उत्पादनमा आधारित अनुदानले केही राहत भयो, ढुवानीमा सरकारले साझेदारी गरिदिए हाम्रो दूधले मूल्य पाउँथ्यो,’ पौडेलले भने, ‘बाटोका कारण वर्षायाममा दूध विक्री गर्नै कठिन हुने गरेको छ ।’ जैमिनीमा रहेका ११ ओटा कृषि सहकारी, दुग्ध संकलन केन्द्र र कृषि तथा पशु फार्ममार्फत दूधको बिक्री गर्दै आएका किसानले उत्पादनमा आधारित अनुदान पाएका छन् । ‘पहिले तीन लाख लिटर दूध उत्पादन होला भन्ने आकलन भयो, सोहीअनुसारको बजेट व्यवस्था गरियो,’ जैमिनी नगरपालिका पशु शाखाका प्रमुख कृष्ण ढकालले भने, ‘वार्षिक उत्पादन भएको दूधलाई एकमुष्ट मानेर फार्म तथा सहकारीले पेश गरेको तथ्यांकका आधारमा अनुदान बाँडेका छौं ।’ ‘प्रदेशले दिएको अनुदानमा हामीले पनि थप गर्दा किसानले प्रतिलिटर  ३ रुपैयाँ पाएका छन्,’ ढकालले भने, ‘अहिले बजेट अभावका कारण वर्षभरिको दिन सकिएन, अर्काे वर्ष किसानले उत्पादन गरेको दूधमा सबैमा अनुदान पाउँछन् ।’ जैमिनीको वडा नं १ कुश्मीशेरा, २ को दमेक, ५ को बिनामारे, ४ को सर्कुवा, ७ को जैदी, ८ को छिस्ती, ९ को पैञ्युथन्थाप र १० को राङ्खानीमा किसानले व्यावसायिक दूध उत्पादन गर्दै आएका छन् । जैमिनीबाट मात्रै दैनिक एक हजार ५०० लिटरदेखि दुई हजार लिटरसम्म दूध निकासी हुने गरेको छ । रासस

दूध उत्पादनमा अनुदान पाउँदा किसानमा उत्साह

बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका व्यावसायिक किसान विकास पौडेलले दशैंको अघिल्लो दिन सहकारीबाट १३ हजार रुपैयाँ पाए । दैनिक ५०–७० लिटर दूध बिक्री गर्ने पौडेलले पाएको रकम न त दूध बिक्रीबापत आएको पैसा हो, न सहकारीले दिएको बोनस ।  मेहनत गरेबापत पाएको रकमले विकास प्रफुल्लित भए । विकासजस्तै जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध सबै व्यावसायिक किसानले दशैं खर्च हुने गरी धेरैथोरै पैसा पाए । सहकारीबाट पैसा बोकेर बाहिर निस्केका सबै किसानको मुहारमा छुट्टै चमक थियो । गण्डकी प्रदेश सरकार र ...

२५ ओटा दुग्ध उत्पादक सहकारीमा आवद्ध किसानले पाए अनुदान

असोज २६, लुम्बिनी(रुपन्देही) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष ४६ लाख ६ हजार ५६९ रुपैयाँ किसानलाई उपलब्ध गराइएको छ ।  किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत विक्री गरिएको दूधको परिमाणअनुसार हरेक वर्ष अनुदान रकम प्रदान गर्दै आएको नगरप्रमुख वासुदेव घिमिरेले बताए।      सहकारीले उपलब्ध गराएको आर्थिक वर्ष २०७७/ ७८ को लेखापरीक्षण प्रतिवेदनका आधारमा २१ ओटा दुग्ध उत्पादक सहकारीमा आबद्ध किसानले अनुदान रकम प्राप्त गरेका हुन् । नगरप्रमुख घिमिरेले नगरपालिकाले उपलब्ध गराएको अनुदान रकम किसानको हातसम्म पुर्‍याउन सहकारीका अध्यक्ष तथा व्यवस्थापकलाई आग्रह गरेका छन् । अघिल्लो दुई आर्थिक वर्षमा पनि अनुदान रकम उपलब्ध गराइएको थियो । उत्पादनका आधारमा अनुदान दिंदा साना किसान लाभान्वित हुने भएकाले यो नीति लिइएको बताउँदै नगरउपप्रमुख जगेश्वरदेवी चौधरीले नगरपालिकाले किसानमुखी अन्य कार्यक्रमसमेत सञ्चालन गरेको जानकारी दिइन् ।            यो वर्ष सबैभन्दा बढी अनुदान रकम वडा नं १४ स्थित गौतमबुद्ध दूध डेरी दुग्ध चिस्यान केन्द्रले प्राप्त गरेको छ । उक्त केन्द्रले ९ लाख ९४ हजार ६४५ रुपैयाँ, वडा नं १४ कै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले ५ लाख ६६ हजार १०१ रुपैयाँ, वडा नं १२ को गोकुल दुग्ध उत्पादक सहकारीले ४ लाख ५ हजार ९४४ रुपैयाँ, वडा नं ६ को पञ्चामृत दुग्ध उत्पादक सहकारीले ३ लाख ९ हजार ५७५ रुपैयाँ प्राप्त गरेको छ ।             गत वर्ष नगरपालिकाले ४५ लाख ९८ हजार ८२१ रुपैयाँ अनुदान वितरण गरेको थियो । दूधमा आत्मनिर्भर तिलोत्तमामा वार्षिक १ करोड लिटर दूध उत्पादन हुने गरेकामा त्यसको झण्डै आधा दूध सहकारीमार्फत विक्री वितरण हुँदै आएको छ । दुग्ध उत्पादक सहकारी सङ्घका जिल्ला अध्यक्ष लेखनाथ पाण्डेयले सिधै किसानको हातमा रकम जाने यो अनुदान कार्यक्रम सबैका लागि अनुकरणीय रहेको जानकारी दिए। यस्तै शङ्करनगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेमबहादुर भण्डारीले किसानको हातमा पुग्ने अनुदानले साना किसानलाई प्रोत्साहन मिलेको बताए । रासस

बागमती प्रदेशका दुग्ध उत्पादक किसानले पाए १५ करोड अनुदान

अघिल्लो वर्ष दूधमा प्रतिलिटर एक रुपैयाँका दरले अनुदान पाउँदै आएका बागमती प्रदेशभित्रका दुग्ध उत्पादक किसानले दोब्बर अनुदान पाएका छन्