ए डिभिजन लिग : मछिन्द्रलाई पुलिसको चुनौति

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज विभागीय टोली नेपाल पुलिस र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुदैछ। लिगको सातौं चरण अन्तर्गत आज एक मात्र खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल बेलुकी पौने ५ बजे सुरु हुनेछ।उपाधि दाबेदार मानिएको मछिन्द्रका लागि आजको खेल महत्वपूर्ण रहेको छ।एएफसीकप छनोट खेल्न सातौं चरण सकिदा मछिन्द्रलाई शीर्ष स्थानमा उक्लनु पर्नेछ। मछिन्द्र ६ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। मनाङ ७ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रह