गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए