गण्डकीका मुख्यमन्त्री र इयू राजदूतबीच भेट

पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र युरोपियन युनियनका तर्फबाट नेपालका लागि राजदूत नोना डेप्रेबीच औपचारिक भेटवार्ता भएको छ।आइतबार मुख्यमन्त्री कार्यालयमा भएको उक्त भेटमा मुख्यमन्त्री नेपालीले युरोपियन युनियनमा आबद्ध मुलुकहरूसँगको नेपालको मित्रता र नेपालको विकासमा ती मुलुकले पुर्‍याएको योगदानको स्मरण गर्दै आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। उनले २०७२ सालको विनाशकारी भूकम्पपश्चात्‌को  पुनर्निर्माणमा युरोपियन युनियनको सहयोग अतुलनीय र