अवरुद्ध सडक खुलाउन सीडीओहरूलाई गृहको निर्देशन

गृह मन्त्रालयले वर्षात्‌का कारण अवरुद्ध सडक तत्काल सञ्चालन गराउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै गृहसचिव विनोदप्रकाश सिंहले निर्वाचनको कार्यक्रमलाई समेत मध्यनजर गर्दै २०-२२ दिनभित्र उक्त काम सम्पन्न गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।