सर्लाही : सर्लाहीको विकट चुरेभेगमा बर्षाले बाटो भताभुंग पारेपछि त्यस क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको छ।गत बिहीबार बिहान परेकाे भारी वर्षापछि बाढी आएर खोलाको बाटो बिगारेका कारण लालबन्दी बजारदेखि नारायणखोलासम्म चल्ने यातायातका साधन ठप्प भएका हुन्।बाढीले तत्कालै सवारी साधन सञ्चालन हुन नसक्ने गरी खोलाको बाटो भताभुंग पारेको स्थानीयवासीले बताएका छन्। लालबन्दी बजारबाट नारायण खोला हुँदै सिन्धुलीको मरिण गाउँपालिकास्थित कपिलाकोट, हरिहरपुरगढी गाउँपालिकाको महेन्द्र झ्याडी र बरुणशिरसम्म चा