काठमाडौं : उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार ११६ जनालाई कारबाही गरेको छ।उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौंका विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेका हुन् । कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने एक सय ७६, लेन मिचेर सवारी चलाउने एक सय १७, रातो बत्तीको पालना नगर्ने दुई सय ३० कारबाही परेका हुन्।यस्तै हर्न निषेध क्षेत्रमा हर्न बजाउने तीन सय १२, नम्बर प्लेट नबुझिन