काठमाडौं। नेपाली कांग्रेसले कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम बनेको बताएको छ। "पीसीआर परिक्षण गरिएका करिब ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको छ। यो तथ्यले कोभिड- १९को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ," कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। सरकारको लापरवाही, गैर जिम्मेवारपूर्ण र असंवेदनशील कार्यले राजनीति पनि अनिश्चित बनेको विज्ञप्तिमा बताइएको छ।