अमेरिकामा कोरोना खोप लगाएका अब मास्कबिनै हिँडडुल गर्न सक्ने

एजेन्सी। अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप लगाइसकेकाहरुले अब मास्क बिना नै हिँडडुल गर्न पाउने भएका छन्। राष्ट्रपति जो बाइडेनले यो एक खुसीको दिन भएको बताएका छन्। सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन(सीडीसी)ले नयाँ दिशा निर्देश जारी गरेपछि राष्ट्रपति बाइडेन ओवल हाउसमा सांसदसँग मास्क बिना नै छलफल गरेका थिए। योसँगै अब आम मानिसहरु खुला स्थानमा समेत मास्क बिनै हिँडडुल गर्न पाउनेछन्।

सम्बन्धित सामग्री

स्वास्थ्य मापदण्ड सम्बन्धी राष्ट्रपति बाइडेनको आदेश अदालतबाट खारेज

एजेन्सी, ३० पुस। अमेरिकामा कोरोना खोपलाई अनिवार्य गराउने राष्ट्रपति जो बाइडेनको प्रयासमा धक्का लागेको छ । ओमिक्रोन भेरिएन्टले कोरोना महामारी बढाईरहेको बेला राष्ट्रपतिको आदेशमा जारी भएका केही स्वास्थ्य मापदण्डलाई अदालतले खारेज गरिदिएको हो । ठूला कम्पनीका मजदुरहरुलाई कोरोना खोप अनिवार्य गराउने, मास्क अनिवार्य लगाउनुपर्ने तथा हप्ताको एक पटक कोरोना परिक्षण गराउनुपर्ने नयाँ नियम राष्ट्रपति बाइडेनले […]

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात लाख नाघ्यो

१७ असोज, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण मृत्यु हुनेको संख्या सात लाख नाघेको छ । पछिल्लो समय अमेरिकाले कोरोना खोपमा जोड दिँदै आएको भए पनि सबै अमेरिकी नागरिकलाई कोरोना खोप उपलब्ध भइसकेपछिको अवस्थामा पनि एक लाख मानिसको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । अमेरिकाले १२ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोना […]

अमेरिकामा कोरोना खोप लगाउनेलाई उपहार

एजेन्सी, १८ जेठ । हाल अमेरिकाका शहरहरु र राज्यहरुमा कोरोना खोपको बारेमा जागरुकता फैलाउने कार्य भइरहेको छ । यसैक्रममा आकर्षक प्रस्तावहरु राखिएको छ । धेरै भन्दा धेरै मानिसहरुले कोरोना खोप लगाउन भनेर विभिन्न प्रस्तावहरु राखिएको छ । खोप लिनको लागि १० लाख रुपैयाँसम्मको रकमदेखि गर्वनरसँग बेलुकाको खाना सम्मका प्रस्ताव दिइएको छ । वास्तवमा अप्रिल र […]

अमेरिकामा कोरोना खोप लगाउनेलाई १० करोड पुरस्कार दिने घोषणा

काठमाडौँ । अमेरिकामा आफ्ना नागरिकलाई कोरोना खोप लगाएबापत १०/१० करोड पुरस्कार दिने घोषणा गरिएकाे छ । पहिलो डोज खोप लिएका झण्डै ५० लाख मानिस दोस्रो खोप लगाउन नआएपछि ओहायो राज्यले यस्तो घोषणा गरेको हो । कोरोना खोपप्रति नागरिकले चरम अनिच्छा देखिएपछि अमेरिकाको ओहायो राज्यले यस्तो स्किम निकालेको एनबीसी न्युज समाचार संस्थाले जनाएको छ । नयाँ […]