पार्टी विभाजनको आरोप लागेपछि बाबुरामले भने, ‘सीता जस्तै अग्निपरीक्षा दिन तयार छु’

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले पार्टी विभाजन गर्न लागेको भनेर आशंका नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष भट्टराई पेस गरेका राजनीतिक दस्तावेजमाथि समूहमा छलफल गरी आफ्नो कुरा राख्ने क्रममा अधिकांश नेताहरूले उनीमाथि पार्टी विभाजन गर्न लागेको आरोप लगाएका थिए । अध्यक्ष भट्टराई आफै पार्टीको कार्यकारी अध्यक्ष बन्न चाहेको र पार्टी कब्जा गरी प्रधानमन्त्री बन्ने दाउमा रहेको उनीहरूको आरोप थियो । पार्टीले एमसीसीको बारेमा निर्णय नगर्दै अध्यक्ष भट्