नागढुंगा–नौबिसे सडक खुल्यो, मुग्लिन–नारायणगढ अझै ठप्प

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड खुलेको छ । सुरुङमार्ग नजिक खसेको पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध भएको थियो । बिहान सवा ११ बजेतिर पहिरो हटाइ सडक खुलाइएको प्रहरीले जनाएको छ । यो सडकखण्ड खुले पनि मुग्लिन नारायणगढ सडकखण्ड भने अहिले पनि ठप्पै छ । चितवनको १८ किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको छ । पहिरोसँगै पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।