पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलका सरकारलाई सात सुझाव

काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकारलाई सातवटा सुझाव दिएका छन्। सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागिरहेका बेला उनले सुझाव दिएका हुन्। पोखरेलले न्यूनतम साझा कार्यक्रममा ‘घुस खान्नौं, नपुग्ने कुरा बोल्दैनौं, सुशासनकालागि संरचना प्रकृया प्रणाली बनाउछौं, हाम्रा होइन राम्रालाई मौका दिन्छौं, दलीयकरण गर्दैनौं, राज्यको शक्ति श्रोत साधन दुरुपयोग गर्दैनौं र कानूनी शासन प्रत्याभूत गर्छौं’ भन्ने कुरा समेट्न अनुरोध गरेका छन्।