काठमाण्डाै - अमेरिकी अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ । अमेरिकी श्रम मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले बेरोजगारीको दरमा आधा अङ्कले कमी आएको छ ।
जुलाईमा बेरोजगारी दर ५ दशमलव ४ प्रतिशतमा झरेको तथ्याङ्कमा उल्लेख छ । जुलाईमा नौ लाख ४३ हजार थप व्यक्तिले नयाँ रोजगारीका अवसर पाएको प्रतिवेदन सार्वजनिक गरिएको अमेरिकी श्रम मन्त्रालयलाई उदृत गरी एएफपीले जनाएको छ ।
कोरोना महामारीका कारण अमेरिकासहित विश्वका उद्योगधन्दा प्रभावित भएका छन् । तर अमेरिकामा पछिल्लाे केही महिनामा उद्योगहरू बिस्तारै सामान्य अवस्थामा फर्कन थ...