न्यायालय सुधार : अहिले नगरे कहिले गर्ने ?

नेपालको न्यायिक इतिहासले सम्भवतः यतिखेरको जस्तो विकराल अवस्था कहिल्यै बेहोरेको थिएन । विवादित फैसला, आदेश, व्यवहार, कार्यशैली मात्र होइन कि कार्यकारिणीसँग ‘भाग खोज्ने’ प्रधानन्यायाधीश पनि मुलुकले देखेको र भोगेको पनि थिएन । न्यायालयमा राणा–पञ्चायती शैलीको भिजिलान्ते त कल्पना समेत गरिएको थिएन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको कार्यकालमा नसोचिएको, नदेखिइएको र नभोगेको दृश्य नियमित बनेका छन् […]