युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरूले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै पाण्डेलाई अन्यायोचित ढंगले जेल हालिएकोमा कडा भर्त्सना गरेका हुन् । बेलायत, युरोप, जापान, दक्षिण कोरिया, कुवेत, कतार, बेल्जियम र भारतस्थित महासंघका शाखाहरूका तर्फबाट संयुक्त वक्तव्य जारी गरिएको हो। ‘नेपालीहरुको संरक्षक ठानिने दूतावासकै प्रत्यक्ष संलग्नतामा सामाजिक सञ्जालमा लेखेकै भ