काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमणको लागि निम्तो दिइएको छ। सिन्धुपालचोकबाट वाग्मती प्रदेश सभा सदस्य निमा लामाले जिल्लाको बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनका लागि देउवालाई अनुरोध गरेका हुन्।
बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सांसद लामाले देउवालाई पाँच बुँदे अनुरोध पत्रसमेत बुझाए। 'बाढीग्रस्त क्षेत्रको अवलोकन गरि उक्त क्षेत्रमा पुनर्निमाण कार्यक्रमलाई तीव्रता दिनका…