शाली नदीमा श्री स्वस्थानी व्रतको तयारी पूरा

काठमाडौँ : साँखुस्थित शाली नदी मन्दिर परिसरमा एकमहिने स्वस्थानी व्रतका लागि सम्पूर्ण तयारी पूरा भएको छ। श्री माधवनारायण स्वस्थानी व्रत तथा शाली नदी सुधार समिति साँखुले वर्षेनि माघ महिनाको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो व्रतका व्रतालु तथा भक्तजनहरुका व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको जान‍कारी दिएको हो। साँखुस्थित स्थानीय समरा गार्डेनमा आज (बुधवार) आयोजित पत्रकार सम्मेलनमा समितिले तयारी पूरा भएको जानकारी दिएको हो। माघ ११ बिहीवार शुरु हुने मेलालाई व्यवस्थित र मर्यादित बना...