रेमिटेन्स आयातमा आएन सुधार, माघ महिनामा ५ खर्ब ४० अर्ब मात्रै

निरन्तर घट्दो क्रममा रहेको विदेशी मुद्रा आप्रवाह (रेमिटेन्स) मा माघ महिनामा पनि सुधार आउन सकेन । नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले कमी आई रु.५४० अर्ब १२ करोड कायम भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८  प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको छ ।अघिल्लो वर्ष यस्तो आप्रवाह ६.८ प्रतिशतले बढेको  थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत त