गुल्मीको धुर्कोट गाउँपालिकामा दुई दलबीचको विवाद मिलेको छ । सो गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको विवाद मिलेको हो ।गाउँपालिकाको प्रमुखमा दुवै पार्टीले दाबी गरेपछि विवाद प्रदेश हुँदै केन्द्रसम्म पुगेको थियो । सो गाउँपालिकामा माओवादी केन्द्रका नेता भुपाल पोखरेलले दाबी गर्दै आएकोमा काँग्रेसका नेता महेन्द्र भण्डारीले पाउने भएका छन् । यस्तै गाउँपालिका अध्यक्ष पोखरेलले स्वतन्त्र उमेदवार दिन पदबाट राजीनामा दिएका छन् ।