सुदूरपश्चिममा भयावह बन्दै कोरोना, अस्तव्यस्त र भद्रगोल तयारी

कैलाली – सुदूरपश्चिममा कोरोना भाइरसको महामारी भयावह अवस्थामा पुगेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको हाहाकार भएपछि अस्पतालहरुले बिरामी भर्ना लिन समेत आनाकानी गर्न थालेका छन् । प्रदेश सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि गतिलो तयारी नभएकाले यो अवस्था आएको छ । संघीय सरकार, प्रदेश सरकार र पालिकाहरुले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि संयुक्त प्रभावकारी काम गर्नतिर ध्यान नदिँदा अवस्था भयावह बन्दैछ । २७० जनाले ज्यान गुमाए सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्य...

सम्बन्धित सामग्री

भक्तपुरको मालपोत कार्यालयमा अत्यधिक भीड, कोरोनाको उच्च जोखिम

भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै । सेवाग्राहीका लागि राखिएको हेल्पडेक्स खाली थियो । सेवाग्राहीको भीडले सामाजिक तथा भौतिक दूरी कायम गरिएको थिएन । कार्यालयभित्र एकले अर्कालाई नछोइ हिँड्नसक्ने अवस्था थिएन । सुरक्षाको कुनै प्रत्याभूति थिएन । एक जनामात्रै कोरोना सङ्क्रमित भेटिए, त्यहाँ सयाँैलाई कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च थियो । यसबारेमा अनुगमनका नेतृत्व गर्नुभएका जिसस प्रमुख नवराज गेलालले जिज्ञासा राख्दा मालपोत कार्यालय भक्तपुरका प्रमुख देवीबहादुर भण्डारीले मालपोत कार्यालय भद्रगोल र अस्तव्यस्त रहेको स्वीकार गर्नुभयो ।