लागुऔषध मुद्दाका थुनुवा कीर्तिपुरको आइसोलेसनबाट फरार

कीर्तिपुरस्थित कोभिड आइसोलेशन सेन्टरबाट लागु औषध मुद्दाका थुनुवा भागेका छन् ।सिन्धुली घर भएका राहुल तामाङ आइसोलेशनको शौचालयबाट भागेको महानगरीय प्रहरी वृत कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलले रातोपाटीलाई बताए ।महानगरीय प्रहरी वृत थानकोटले उनलाई लागु औषध मुद्दामा पक्राउ गरेको थियो । कोभिड पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेशनमा राखिएको थियो ।मंगलबार दिउँसो शौचालयबाट प्रहरीको आँखा छलेर उनी भागेका हुन् । फरार थुनुवाको खोजी भइरहेको डिएसपी पोखरेलले बताए ।

सम्बन्धित सामग्री

६ महिनामा ५,३६४ जना पक्राउ, १ अर्ब १९ करोड भन्दा बढी जरिवाना असुल

काठमाडौं :  कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोकका ४२ वर्षीय काले वाङगेल भन्ने निमा लामा पुस ३ गते पक्राउ परे। जिल्ला अदालत सिन्धुपाल्चोकको २०७१ चैत १७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय ठहर भई सजाय कार्यान्वयनको क्रममा कारागार कार्यालय सिन्धुपाल्चोकमा थुनामा रहेका थिए। २०७२ वैशाख १२ गतेको भूकम्पपछि भत्किएको कारागारबाट भागी, अन्य थुनुवा-कैदीलाई भगाई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले कास्की विजयपुरबाट पक्राउ गरेको

अदालतबाटै हत्कडीसहित थुनुवा भागे

काठमाडौँ  : काठमाडौँ  जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज  म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए। उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। एउटा मुद्दा टुंगिएपछि उनलाई डलर देखाएर ठगी गरेको आरोपमा पुन: पक्राउ गरिएको थियो ।

हिरासत फोडेर भागेका २ थुनुवा अझै पक्राउ पर्न सकेन

३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् । पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो । तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना […]

हिरासतबाट भागेका दुई थुनुवा पक्राउ

काठमाडौं : धनुषाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासतबाट भागेका ६ जना थुनुवामध्ये २ जना प्रक्राउ परेका छन्।  हिजो धनुषाका अमित मण्डललाई पक्राउ गरेको धनुषा प्रहरीले आज विहान थप एक जनालाई पक्राउ गरेको हो। आज विहान कुटपिट मुद्दाका फरार थुनुवा हरदिप सिंहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ। गत माघ १६ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा रहेका ६ जना थुनुवा सुरुङ खनेर भागेका थिए।  त्यहाँ कार्यरत प्रहरीको लापरबाही भएको तीन प्रहरी निलम्बनमा परेका छन्। अन्य ४ जनाको खोजी जारी रहेको ...

बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाट भागेपछि…

काठमाडौं,३० चैत्र । बलात्कारको मुद्दामा प्रहरीको हिरासतमा रहेका थुनवा उपचारको क्रममा वीर अस्पतालबाट फरार भएका छन् । सिन्धुपालल्चोक इन्द्रावती गाउँपालिका–३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा आज बिहान वीर अस्पतालबाटै भागेका हुन् । उनलाई हिजो उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । गत माघ १७ गते पक्राउ परेका तिरुवालाई पुर्पक्षको लागि अदालतले फागुनमा थुनामा पठाएको […]

उपचार गर्न ल्याइएका बलात्कार मुद्दाका थुनुवा वीर अस्पतालबाटै फरार

काठमाडौं । उपचारका लागि वीर अस्पताल ल्याइएका बलात्कार मुद्दाका एक थुनुवा अस्पतालबाटै भागेका छन् । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ कुन्चोकका ४५ वर्षीय राजेश तिरुवा बुधबार बिहान अस्पतालबाटै भाग‍ेका हुन् । मंगलबार उपचारका लागि उनलाई अस्पताल ल्याइएको थियो । गत माघ १७ मा पक्राउ परेका तिरुवालाई सिन्धुपाल्चोक जिल्ला अदालतले फागुनमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो […]

प्रहरी हिरासतबाट थुनुवा फरार प्रकरणमा तीन प्रहरी निलम्बित

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।  थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र...

फरार थुनुवा पक्राउ

सोमबार विराटनगरस्थित मोरङ जिल्ला अदालत परिषरबाट फरार भएकामध्ये एक जना थुनुवा पुनः पक्राउ परेका छन्। अदालत परिषरबाट प्रहरीलाई झुक्याएर लागुऔषध मुद्दाका दुई जना थुनुवा फरार भएका थिए।

धनुषामा प्रहरीको भ्यानबाट थुनुवा फरार

धनुषामा प्रहरी भ्यानबाट हाम फालेर एक जना थुनुवा फरार भएको छ । इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर फरार भएको हो ।

हिरासतबाट फरार तीन अभियुक्त पक्राउ

धनुषामा प्रहरी हिरासतबाट फरार भएका छ जनामध्ये तीन अभियुक्त पक्राउ परेका छन् । जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल भत्काएर गत आइतबार राति विभिन्न मुद्दाका छ जना थुनुवा फरार भएका थिए ।