फोनिजको महाधिवेशन चितवनको सौराहामा

चितवन : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं राष्ट्रिय महाधिवेशन पर्यटकीय नगरी सौराहामा हुने भएको छ। महाधिवेशन चैत ६ र ७ गते हुने तय भएको छ।फोनिजका महासचिव मनोज घर्ती मगरका अनुसार महाधिवेशनमा देशभरका ६० जिल्लाबाट ४८८ पत्रकार सहभागी हुनेछन्। यस्तै‚ बेलायत, अमेरिका, जापान, दक्षिण कोरिया, मलेसियालगायत देशमा रहेका आठ विदेश शाखा, आठ संस्थागत सदस्य संस्था तथा सात प्रदेश समितिका पदाधिकारी सहभागी हुने उनले जानकारी दिए।सौराहाको थारु सांस्कृतिक घरमा हुने महाधिवेशनले तीन वर्षे कार्यकाल

सम्बन्धित सामग्री

सौराहा आसपासका व्यवसायी निराश

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन् ।महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकाले अपेक्षाअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशले सौरहामा नै होटल बुकिङ गरेको र दिउँसोको समयमा अन्यत्र घुम्न […]

महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको सौराहा आसपासका व्यवसायीहरुको गुनासो

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशाअनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र प्रतिनिधिहरु अधिकांशले सौरहामा नै होटल बुकिङ गरेको […]

एमालेका प्रतिनिधिको भोगाइमा सौराहा - ‘लोभलाग्दो व्यवस्थापन, गजबकाे आतिथ्य’

चितवन – नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिले चितवनको सौराहा प्रति खुसी व्यक्त गरेका छन् । सौराहाले गरेको स्वागतसँगै होटलको व्यवस्थापन र कर्मचारीले गरेको असल व्यवहार भुल्न नसकिने प्रतिनिधिहरुले बताएका छन् । महाधिवेशनको क्रममा चितवनको सौराहामा तिन दिन लगातार करिब ८ हजार जनाको भिड भयो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । भरिभराउ सौराहामा यहाँ रहेका होटलको व्यवस्थापन र कर्मचारीको व्यवहारले एमालेका प्रतिनिधि खुसी भएका हुन् । होटल व्यवसा...

दशैँयता सौराहा भरिभराउ

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको चितवनको सौराहा केही दिन अगाडिदेखि भरिभराउ हुन थालेको छ । कोरोना सङ्क्रमणमा आएको कमीसँगै नेपालीका ठूला चाड दशैँ तिहार र लगत्तै विभिन्न कार्यक्रमका कारण सौराहा भरिभराउ हुन थालेको हो । अझ पछिल्ला दिनमा नेकपा एमालेको महाधिवेशनका कारण सौराहाको रौनक नै फेरिएको छ । यहाँको नदी किनारका पपहरू रातभर जाग्राम हुने गरेका छन् । सौराहाका सडक दिन र रात उस्तै भरिभराउ छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार दशैँ लागेदेखि नै सौराहामा पर्यटकको आगमन पनि सुरु भए पनि अझै विदेशी पर्यटक भने शून्य रहेकोे छ । स्वदेशी पर्यटक आउने क्रम अझै जारी रहेका बेला नेकपा एमालेको महाधिवेशनले सौहाराको पर्यटक सङ्ख्या उकालो त लागेको छ तर विदेशी पर्यटक नआएसम्म सौराहाको पर्यटनमा खासै उल्लेख्य सुधार हुन्छ भन्न नसकिने उहाँले स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “आन्तरिक पर्यटनले सौराहाको पर्यटनलाई बितेको दुई वर्षभन्दा सहज त होला तर दीर्घकालीन रूपमा विदेशी पर्यटकविहीन सौराहाले यहाँको पर्यटन व्यवसाय जेजस्तो विकास र प्रवद्र्धन हुनुपर्दथ्यो, त्यो हुनसक्ने अवस्था म देख्दिनँ । त्यसले यहाँको व्यवसायलाई जेनतेन धान्ला तर जुन किसिमको आम्दानी राज्यलाई हुन्थ्यो त्यो भने हुँदैन।” सौराहाको होटल जङ्गल भिस्टा र होटल भिस्टाका सञ्चालक रमेश सिलवालका अनुसार बितेको दुई वर्ष कोरोनाका कारण व्यवसायमा मन्दी आएको थियो । मन्दीले गर्दा पैतृक सम्पत्ति बिक्री गरेर बैङ्कको किस्ता भुक्तानी गरेको बताउँदै उहाँले भन्नुभयो, “पर्यटक ठप्प थिए । बैङ्कको ब्याज र किस्ता, कर्मचारी अनि हात्तीको खर्च धान्नसमेत धौधौ थियो । दशैँपछि भने केही आशा पलाएको छ । अझ सौराहालाई नै केन्द्रित गरी विभिन्न कार्यक्रम आयोजना गरिँदा यहाँका सबै व्यवसायी उत्साहित छन् ।” पछिल्ला वर्षहरूमा फुर्सदको समय घुम्ने नेपालीको कल्चरजस्तै बनेको बताउँदै सिलवालले बितेको दुई वर्ष पूरै बन्द भएको तर दशैँदेखि पुरानो अवस्थामा फर्केको अनुभव उहाँको छ । “दशैँदेखि हात्तीको कमाइ पनि राम्रै भएको होटलका कोठाको बुकिङ पनि राम्रै रहेको छ,” उहाँले भन्नुभयो। युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष एवं होटल व्यवसायी ऋषि तिवारी पछिल्लो समयमा हात्तीको आम्दानी केही बढेको बताउनुभयो । उहाँका अनुसार बितेको दुई वर्षको अवधिमा हात्ती पाल्न नसक्ने अवस्थामा पुगेका हात्तीपालक यतिबेला भने राहतको महसुस गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटन व्यवसाय यस पटकको दशैँ तिहार सञ्जीवनी बनेको थियो । दशैँ तिहारलगत्तै एमालेको महाधिवेशन सौराहालाई धेरै उत्साहित बनाएको उहाँले बताउनुभयो । बितेको दुई वर्षको अनुभव सुनाउँदै तिवारीले भन्नुभयो, “

सौराहामा भीम रावललाई योगेश भट्टराईले गरे स्वागत

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा। भीमबहादुर रावल चितवन आइपुगेका छन् । १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा पुगेकोमा उनलाई सचिव योगेश भट्टराईलगायतले स्वागत गरेका छन्। रावल स्थलमार्गबाट महाधिवेशन स्थल पुगेका थिए। वर्तमान अध्यक्ष केपी शर्मा, नेताहरू सुवासचन्द्र नेम्वाङ, गोकर्ण विष्ट जहाजबाट उडेर चितवन पुग्दा रावल स्थल मार्ग हुँदै चितवन पुगेका […]

एमाले नेताहरु महाधिवेशनस्थल सौराहामा सामूहिक तस्विर खिचाउँदै

काठमाडौं, २५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेताहरु पार्टीको १०औं महाधिवेशन हुने चितवनको सौराहा पुगेका छन् । पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले ‘दसौं राष्ट्रिय महाधिवेशन स्थल सौराहाको अवलोकन पश्चात्’ भन्दै सामूहिक तस्विर सार्वजनिक गरेका छन् ।