१२ पुस, धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको अत्तरियादेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक खण्ड स्तरोन्नतिले गति लिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले यो खण्डलाई बढी जनघनत्व र जोखिमपूर्ण क्षेत्र मानेर राजमार्ग स्तरोन्नतिको काम गरिरहेको जनाएको छ । सूचना अधिकारी सरला न्यौपानेले अत्तरियादेखि गड्डाचौकीसम्मको ४० किलोमिटर खण्डमा सडक दाँयाबाँया ११ मिटर फराकिलो हुने गरी काम गरिरहेको […]