ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक इण्डोस्कोपी प्रविधिद्वारा जटिल शल्यक्रिया सम्पन्न

ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।