राष्ट्रियसभा बैठक : सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाद्वारा प्रस्तुत गरिएको उक्त शोक प्रस्तावलाई बैठकले सर्वसम्मति रुपमा पारित गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी रहमानको शनिबार हृदयाघातका कारण ६३ वर्षको उमेरमा निधन भएको थियो।दिवङ्गत सांसद रहमानको आत्माको चीरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो। राष्ट्र