अतिरिक्त शुल्क नबुझाएको भन्दै नोबेल शिक्षण अस्पतालद्वारा विद्यार्थीलाई कक्षाकोठामा प्रवेश गर्न रोक

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले अध्ययनरत विद्यार्थीलाई कक्षा कोठामा प्रवेश गर्न रोक लगाएपछि आन्दोलनमा उत्रिएका छन्। विद्यार्थीले सोमबार अस्पताल परिसरमा प्लेकार्डसहित नाराबाजी गरेका थिए। अस्पतालले विद्यार्थीले अतिरिक्त शुल्क नबुझाएको जनाउँदै कक्षाकोठा रोक लगाएको विद्यार्थीले आन्दोलनमा उत्रनुपरेको गुनासो गरेका छन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठा प्रवेशमा रोक लगाउँदै नोबेलले अतिरिक्त […]