जेठ २२, काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रालिले विश्व वातावरण दिवसको अवसरमा पाँच ओटा प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनी नेपालमा मदिरा ब्रान्ड खुकुरी रमको उत्पादक हो । कम्पनीले वातावरण संरक्षण तथा दिगोपना विकासका लागि फोहोर व्यवस्थापन, दिगो प्याकेजिङ, बोटल संकलनलगायतलाई प्राथमिकता दिएर व्यवसाय अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो।
साथै कम्पनीले आगामी तीन वर्षमा हरित ऊर्जा अवधारणालाई पनि कार्यान्वयन गर्ने बताएको छ।
कम्पनीले उत्पादन प्रक्रियाका क्रममा निस्किने फोहोरहरुलाई ९८ प्रतिशत व्यवस्थापन गर्न सफल भइसकेको भन्दै यसलाई आगामी तीन वर्षभित्रमा शतप्रतिशत शून्यमा झार्ने र पुनः प्रयोग गर्ने अवस्था बनाउने प्रतिबद्धता व्यक्त गरेकाो छ । साथै उसले सन् २०३२ सम्ममा शतप्रतिशत दिगो प्याकेजिङलाई कार्यान्वयनमा ल्याइसक्ने पनि बताएको छ ।
कम्पनीले बोतलहरुलाई पुनः प्रयोग गर्ने र ग्रीन इनर्जीमा समेत काम गरिरहेको बताएको छ । कम्पनीले विगत दुई वर्षदेखि नेपाली सेनासँगको सहकार्यमा हिमाल सरसफाईमा काम गरिरहेको बताएको छ ।