काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध तवरबाट भन्सार छली लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस वस्तुसहित भारतीय नागरिक राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय युसुफ हारोनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ। फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन गेटमा जाँच गर्ने क्रममा भित्री वस्त्रमा प्लाष्टिकभित्र लुकाई ल्याएर भन्सार छली लैजान लागेको उक्त वस्तुसहित फेला