कमलामा अनौठो मेला- कोही भूतप्रेत खेल्दै, कोही देवताको नाममा ताण्डव देखाउँदै (तस्बिरहरू / भिडिओ)

आज कार्तिक शुक्ल पूर्णिमा । सिरहा–धनुष जिल्ला जोड्ने कमला नदीमा स्नान गर्नेहरूको घुइँचो लागेको छ । चारैतिर ढोल, पिपही, मृदङ्ग र झामरको संगीतमय कर्तल ध्वनि गुन्जिरहेको छ ।