सुनसरीमा ट्रयाक्टरको ठक्करबाट वृद्धको मृत्यु

सुनसरीको गढी गाउँपालिका–६ मझौस्थित रामजानकी मन्दिरको प्राङ्गणमा ट्रयाक्टरको ठक्करबाट गए राति एक वृद्धको मृत्यु भएको छ । ठक्करबाट स्थानीय ७० वर्षीय हरिलाल मगरदैता यादवको मृत्यु भएको हो । प्र१–०२–००३त १०३३ नंको ट्र्याक्टरले यादवलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । गम्भीर घाइते उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 

सम्बन्धित सामग्री

ट्रयाक्टरको ठक्करबाट सुनसरीमा वृद्धको मृत्यु

काठमाडौं : गढी गाउँपालिका-६ मा ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मंगलवार राति ९ बजे प्रदेश १-०२-००३ त नम्बरको ट्रयाक्टरको ठक्करबाट गढी-६ का ७० वर्षीय हरिलाल मगरदैताको मृत्यु भएको प्रहरीले जनाएको छ।ट्रयाक्टर पछाडि सार्ने क्रममा डालाले लागेर राज जानकी मन्दिर परिसरमा बसिरहेका हरिलाल गम्भीर घाइते भएका थिए। उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो। सवारी दुर्घटनाबारे इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको छ।