मस्कोले युक्रेन अतिक्रमण गरे रसियाको ग्यास पाइप लाइन काटिदिन्छौंः राष्ट्रपति बाइडेन

अमेरिकी राष्ट्रपति जोन बाइडेनले मस्कोले युक्रेनमा अतिक्रमण गरे जर्मनी जाने रसियाको ग्यास पाइप लाइन नोर्ड स्ट्रिम–२ बन्द गरिदिने चेतावनी दिएका छन् । करिब १,२०० किलोमिटर लामो साे ग्यास पाइपलाइन परियोजना बाल्टिक सागर हुँदै पश्चिमी रुसदेखि उत्तर–पूर्वी जर्मनीसम्म जान्छ । सन् २०१२ मा निर्माण सुरु गरिएको पाइप लाइन सन् २०२१ को सेप्टेम्बरमा सम्पन्न भएको थियो ।जर्मन चान्सलर ओलाफ सोल्जसँग वासिंगटनमा कुराकानी गर्दै राष्ट्रपति बाइडेनले नोर्ड स्ट्रिम–२ बन्द गरिदिने बताएका हुन् । फ