दौड प्रतियोगिताको सम्पन्न भएको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित कुमारी क्लबले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको दौड प्रतियोगितामा दीपसन ठकुरी पहिलो भएका छन् ।पुरुषतर्फको पाँच किलोमिटर दौडमा ठकुरी, माइकल गरभुजा र शिशिर बस्नेत क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । उनीहरुले १० हजार, सात हजार र पाँच हजार पुरस्कार प्राप्त गरे । प्रतियोगिताका संयोजक सागर मल्लका अनुसार महिलातर्फ तीन किलोमिटर दौडमा सिवानी विष्ट, पूजा विक र इशा मोर क्रमशः पहिलो, दोस्रो र तेस्रो भइन् ।उनीहरुले सात