नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानीमै बनाउने सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड’ बाट खोसेर आन्तरिक स्रोतबाटै वित्तीय व्यवस्थापन गरी आफैं आयोजना निर्माण गर्ने निर्णय गरेपछि महामन्त्री शर्माले यस्तो बताएका हुन् । बूढीगण्डकी स्वदेशी लगानीमै निर्माण गर्ने सरकारको निर्णय स्वागतयोग्य l श्रद्देय @kpsharmaoli को आत्मालोचना सुन्