दिगो रणनीतिक साझेदारीले नेपालसँगको मित्रतालाई नयाँ उचाई प्रदान गर्छः चिनियाँ प्रधानमन्त्री ली

काठमाडौं।चिनियाँ प्रधानमन्त्री ली खछयाङ्ले कोभिड–१९ चुनौतीका सामाना गर्न बीआरआईको गुणस्तरीय प्रवद्र्धन र आपसी हितका क्षेत्रमा सहयोगलाई बढावा दिन नेपालसँग कार्य गर्न इच्छुक रहेको बताएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई सन्देश पठाउँदै उनले नेपाल र चीनले सधैं एकअर्कालाई सहयोग गर्दै आएको स्मरण गर्दै भनेका छन्,“सहयोगका क्षेत्रमा गरिने दिगो रणनीतिक साझेदारीले नै नेपाल–चीन मित्रतालाई विकास र समृद्धिको माध्यमबाट नयाँ उचाई प्रदान गर्छ।”