भवन र नक्सा पास गर्न चार निकायलाई महानगरको पत्राचार, अटेर गरे कारबाही गर्ने चेतावनी

काठमाडौं, असार ३ । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका ठूला सरकारी भवनलाई कारबाही गर्ने भएको छ । महानगरको निशानामा पहिलो चरणमा चार निकाय परेका छन् । कामपाको टोली राजधानीमा निर्माणाधीन सरकारी कार्यालयको भवन निर्माण गर्दा नक्सा पास भए वा नभएको अनुगमन गर्न पुग्दा अधिकांश सरकारी निकायले नक्सा पास नगरेको खुलेको थियो । लामो […]

सम्बन्धित सामग्री

विराटनगर महानगरले हटाउन थाल्यो नक्सा पास नगरी निर्माण गरिएका संरचना

मोरङ – विराटनगर महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण भएका भवन तथा संरचना भत्काउन थालेको छ। महानगरले कोसी अस्पतालअगाडि नक्सा पास नगरी निर्माण गरिएका संरचना हटाउने क्रममा भौतिक संरचना भत्काएको हो। महानगर प्रमुख नागेश कोइरालाले महानगरले पटक–पटक नक्सा पास गर्न सूचना जारी गर्दासमेत अटेर गरेपछि अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन थालिएको जानकारी दिए। कोसी अस्पतालले […]

घर र भवनको नक्सा पास गर्न महानगरले दियो सय दिनको समय

विराटनगर- विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनको सय दिनभित्र नक्सा पेश गरी स्वीकृत गर्न महानगरवासीलाई आग्रह गरेको […]

नक्सा पास नगरी बनाइएका पर्खाल ३५ दिनभित्र हटाउन काठमाडौं महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी र मापदण्डविपरीत बनाइएका पर्खाल हटाउन निर्देशन दिएको छ। महानगरले एक सूचना जारी गर्दै महानगर क्षेत्रभित्र घर वा जग्गा घेर्न मापदण्ड पूरा नगरी बनाइएका पर्खाल ३५...

मापदण्डमा बनेका भवनको ९० दिनभित्र नक्सा पास गर्न महानगरको निर्देशन

काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरूलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम अनुसार एक वर्षभित्रमा नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण […]

९० दिनभित्र भवनका र ३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत संरचनाको नक्सा पास गर्न ९० दिनको समयसीमा दिइएको हो । महानगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भएपनि भवनको पनि नक्सा पास गर्न […]

मापदण्डमा बनेका भवनको ९० दिनभित्रमा नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन

अनधिकृत संरचना हटाउन तदारुकता देखाएको काठमाडौं महानगरपालिकाले मापदण्ड अनुसार निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई ३ महिनाभित्र नक्सा पास गर्न निर्देशन दिएको छ । महानगरपालिकाले ९० दिनभित्र नक्सा पास गर्न बिहीवार सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो । महानगर क्षेत्रभित्र निर्माण भएका सरकारी, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूले सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र मा नक्सा पेस गरी नक्सा स्वीकृत गर्न आग्रह गरे

काठमाडौँ महानगरभित्रका घर, भवनलाई नक्सा पास गर्न महानगरले दियाे ९० दिनको समय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा पास ९० दिनभित्र गरिसक्न आग्रह गरेको छ। महानगरको शहरी व्यवस्थापन विभागले आज सार्वजनिक सूचना निकालेर सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास गर्न भनिएको छ। नक्सा पास नगरी बनेका यस्ता संरचना ९० दिनभित्र नक्सा पास नगरे महानगरले कारबाही […]

महानगर भन्छ : राहदानी विभागको नयाँ भवनको नक्सा पास भेटिएन

१० भदौ, काठमाडौं ।  राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले बताएको छ । राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो । कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरपालिका भवन निर्माण इजाजत विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड […]

पार्किङकाे नक्सा पास गरेर अन्डरग्राउन्डमा राखिएका पसल र संरचना हटाउँदै महानगर

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले पार्किङको नक्सा पास गरेर अन्डग्राउन्डमा पनि राखिएका पसल र संरचना हटाउन थालेको छ । महानगरपालिकाका मेयर बालेन्द्र साहले आज साेमवार नयाँ बानेश्वर क्षेत्रको अनुगमन गरेर अन्डरग्राउन्डमा राखिएका पसल हटाउने कामको थालनी गर्नुभएको हो । आज नयाँ बानेश्वर प्लाजाको अन्डरग्राउन्डमा गाडी जान मिल्ने गरी गाह्रो र अन्य संरचना हटाउन थालिएको छ । पार्किङ प्रयोजनका लागि भनेर अन्डरग्राउन्डको नक्सा पास गर्ने तर अन्डरग्राउन्डमै पसल थापेर गाडी भने सडकमा पार्किङ गरेकाे भन्दै महानगरले यसअघि नै पसल हटाउन ...

नक्सा पास प्रक्रिया पेपरलेस बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले घर÷भवनको नक्सा पास प्रक्रियालाई पेपरलेस प्रविधिमा रूपान्तरण गरेको छ । सेवाग्राहीले कागजी फाइल बोकेर कार्यालय जानुपर्ने बाध्यताको अन्त्य गर्दै महानगरमा नक्सा पास प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था शुरू गरिएको हो । शुक्रवार महानगरमा एक कार्यक्रममा महानगर प्रमुख रेणु दाहालले यससम्बन्धी सफ्टवेयर प्रणालीको शुभारम्भ गरिन् । सो अवसरमा दाहालले भरतपुर महानगरले नगरवासीलाई घरबाटै सेवा लिन सक्ने वातावरण बनाउँदै लगेको बताइन् । सेवाग्राहीलाई कार्यालयमा हुने अनावश्यक झन्झटबाट मुक्ति दिन पनि अनलाइन प्रविधिमा आफूहरू अगाडि बढेको उनको भनाइ थियो । अनलाइनमार्फत नक्सा पास प्रक्रिया शुरू भएसँगै कामप्रति कर्मचारी थप जवाफदेही बन्ने र सेवाग्राहीलाई सहज सुविधा पुग्ने अपेक्षा गरिएको छ । अनलाइन प्रक्रियाबाट नक्सा पास प्रक्रिया थालनीका लागि आवश्यक सफ्टवयेर भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले भरतपुर महानगरलाई निःशुल्क प्रदान गरेको महानगरका वरिष्ठ इन्जिनियर सूर्यप्रकाश लामाले बताए । उक्त सफ्टवेयर निर्माणमा करीब २० लाख रुपैयाँ खर्च भएको बताइएको छ । यो सप्mटवेयरको माध्यमबाट घरमै बसेर नक्सा पास प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ । भूकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले सुरक्षित शहर र व्यवस्थित भवन निर्माण गर्दै स्मार्ट सिटी निर्माणको अभियानमा यो सफ्टवेयरले महŒवपूर्ण भूमिका निर्वाह गर्ने बताए । उक्त सप्mटवेयरले कन्सल्टेन्सी र महानगरलाई थप उपभोक्ता सेवामा जिम्मेवार बनाउने सप्mटवेयर निर्माणमा काम गरेका इन्जिनियर सुमन प्रधानले बताए । कन्सल्टेन्सीले अनलाइनमा विवरण प्रविष्टि गरेपछि नगरपालिकाको विभिन्न फाँटका इन्जिनियरले ठीक भए÷नभएको जाँच गरेपछि १५ दिने सूचना प्रकाशित हुने र त्यसपछि घर निर्माणको आवश्यक काम अगाडि बढ्ने उनको भनाइ छ । निर्माण पूरा भएपछि त्यही अनलाइनमा रेकर्ड भएको डेटाका आधारमा सम्पन्नताको प्रमाणपत्र सेवाग्राहीले पाउनेछन् । यसले महानगरमा निर्माण हुने भौतिक संरचनाको अनलाइन रेकर्डका साथै जीपीएस लोकेसनसमेत एकिन गर्ने भएकाले स्मार्ट शहर निर्माणमा सहज हुने उनले बताए । अहिलेको प्रणालीमा अनलाइन शुल्क भुक्तानी गर्ने र कामको प्रगति कति भयो भनेर सेवाग्राहीले हेर्न मिल्ने व्यवस्था सप्mटवेयरमा समावेश गरिएको  छैन । यसलाई पनि केही महीनाभित्र समावेश गर्ने योजना रहेको परामर्शदाता कम्पनीले बताएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले लामो समयको प्रयास र छलफलपछि महानगरले निकै राम्रो सप्mटवेयर सञ्चालनमा ल्याउन सफल भएको बताए । यसको माध्यमबाट सुशासन कायम हुने, आर्थिक पारदर्शिता हुने, कर्मचारीलाई कामप्रति थप जवाफदेही बनाउने र टेबुलमै आएर फाइल खोलेर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने उनको भनाइ छ ।