डोटीका नौ वटा पालिकामा गरी एक अर्ब रुपैयाँभन्दा बढी रकम 'फ्रिज'

डोटी - डोटीमा आर्थिक वर्ष ०७९/०८० मा एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ फ्रिज गएको छ । जिल्लाको चालु र पुँजीगत गरी जम्मा दश अर्ब दुई करोड ५ लाख ९९ हजार दुई सय दुई रुपैयाँमध्ये नौ अर्ब ९८ करोड ४८ लाख २९ हजार चार सय ६० रुपैयाँ खर्च भएकाे छ । एक अर्ब तीन करोड ५७ लाख ६९ हजार सात सय ४१ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कृष्णबहादुर धामीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल रकममा चालुभन्दा पुँजीगत रकम कम खर्च भएको देखिएको छ । चालुतर्फ कुल ...

सम्बन्धित सामग्री

लुम्बिनीको बजेट साढे ४० अर्ब, २ लाख रोजगारी सृजना गरिने

दाङ – लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ । प्रदेश सभाको शुक्रवार बसेको बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो ।कुल बजेटमध्ये चालुतर्फ १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार अर्थात् ३३ दशमलव ८७ प्रतिशत विनियोजन गरिएको छ । पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख एक हजार अर्थात् ५७ दशमलव ४५ प्रतिशत छ र पालिकामा वित्तीय हस्तान्तरणमार्फत तीन अर्ब ५८ करोड ९७ लाख रुपैयाँ अर्थात् आठ दशमलव ८७ प्रशितत विनियोजन गरिएको छ ।बजेटको स्रोततर्...

म्याग्दीका पालिकामा २ अर्ब १२ करोड ६२ लाख बजेट

म्याग्दीका ६ स्थानीय तहमा २ अर्ब १२ करोड ६२ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा एक नगरपालिकासहित ६ पालिका रहेको म्याग्दीलाई सो बजेट विनियोजन गरेका हुन् । अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तर्गत म्याग्दीका पालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान […]

स्थानीय निर्वाचनमा उम्मेदवार बनेकालाई तीन अर्ब ७५ करोड ८१ लाख जरिवाना

हेटौँडा– गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन-२०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले तीन अर्ब ७५ करोड ८१ लाख जरिवाना तोकेको छ ।  बागमती प्रदेशका १३ जिल्लाको एक सय १९ वटा पालिकामा उम्मेदवारी दिएका उम्मेदवारमध्ये आयोगले माग गरेको खर्च विवरण फारम नबुझाएका उम्मेदवारलाई आयोगले जरिवाना तोकेको […]

धादिङका १३ पालिकामा एक अर्ब दुई करोड बेरुजु

धादिङका १३ स्थानीय तहमा एक अर्ब एक करोड ९३ लाख ४२ हजार रुपैयाँ बेरुजु देखिएको छ । आर्थिक वर्ष ०७७/७८ मा महालेखापरीक्षकको कार्यालयले गरेको लेखापरीक्षणका क्रममा बेरुजु देखिएको हो ।  कार्यालयले...

दाङमा खानेपानी आयोजनामा १२ अर्ब लगानी

काठमाडौँ,१९ असार । एक घर, एक धारा’ अभियानलाई सार्थकता दिन स्थानीय तहसँग सहकार्य गरी दाङमा खानेपानी आयोजना विस्तारको काम धमाधम भइरहेको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङका अनुसार जिल्लामा चालु आर्थिक वर्षका लागि १० वटै पालिकामा विभिन्न शीर्षकमा गरी २५२ खानेपानी आयोजनाका लागि रु १२ अर्ब २२ करोड ३५ लाख […]

आर्थिक वर्ष २०७९/८० काे बजेट (पूर्ण पाठ)

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । पूर्ण पाठ–

आउँदो वर्षका लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट

काठमाण्डाै – सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालुतर्फ सात खर्ब ५३ अर्ब ४० करोड, पुँजीगततर्फ तीन खर्ब ८० अर्ब ३८ करोड र वित्तीय व्यवस्थातर्फ दुई खर्ब ३० अर्ब २२ करोड तथा प्रदेश र पालिकामा वित्तीय समानीकरण अनुदानअन्तर्गत चार खर्ब २९ अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।  आउँदो आर्थिक वर्षको बजेट आयातबाट उत्पादनतर्फ, जोखिमबाट आर्थिक स्थिरतातर्फ र बञ्चिकरणबाट समावेशितार्फत केन्द्रित गरेको उहाँकाे भनाइ छ ।

पालिकामा निर्माणाधीन अस्पताल आउँदो आर्थिक वर्षभित्र सम्पन्न गरिने

काठमाण्डाै – सरकारले ६ सय ५५ पालिकामा निर्माणाधीन आधारभूत अस्पतालको निर्माण कार्य आउँदो आर्थिक वर्ष सम्पन्न गर्ने बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले अहिले निर्माणाधीन रहेका आधारभूत अस्पतालको निर्माण सम्पन्न गर्न १० अर्ब रुपैयाँ बजेट विनियोजन गरेको उल्लेख गर्दै आउँदो आर्थिक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने बताउनुभयो ।   यस्तै सरकारले मानव सूचकाङ्कमा पछाडि परेका २५ वटा जिल्लामा आमा सुरक्षा कार्यक्रमअन्तर्गत सुत्केरीलाई पाँच हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने भएको छ ।

रोजगारी दिन सरकारको १० अर्ब बढी बजेट, खर्च आधा पनि हुँदैन

'पालिकामा एक सय ८० सूचीकृत बेरोजगार थिए। उनीहरूलाई एक सय दिनको रोजगारी प्रदान गर्न बजेट आएको होला। यो कुरा लेखालाई थाहा छ। मलाई जानकारी छैन,' उनले सेतोपाटीसँग भने।

स्वास्थ्य मन्त्रालयलाई एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट

काठमाण्डाै – आउँदाे आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस वर्ष मन्त्रालयलाई बजेट बढाइएकाे अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो । यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ ...