डोटीका नौवटै स्थानीय तहमा मतगणना सुरु भएको छ । विभिन्न विषयमा विवाद भएपछि यहाँको केआईसिंह, सायल गाउँपालिका तथा शिखर नगरपालिकामा र दिपायल सिलगढी नगरपालिकामा मतगणना सुरु हुन सकेको थिएन । अन्य गाउँपालिकाहरू जोरायल, आदर्श, बडिकेदार, बोगटान फुड्सिल र पूर्वीचौकी गाउँपालिकामा भने गए रातिदेखि मतगणना सुरु भएको थियो ।डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मत पेटिका खोलेको भन्दै विवाद भएपछि बिहानदेखि मत गणना सुरु हुन सकेको थिएन । विवाद समाधान भएपछि अहिले ७ः ३० बजेदे