काठमाडौँ । नेकपा एमाले सर्लाही जिल्ला कमिटीले चिनियाँ कम्युनिष्ट पार्टीबाट प्राप्त कोरोना नियन्त्रणसम्बन्धी सामग्री वितरणबारे स्पष्टीकरण दिएको छ। बुधबार एक विज्ञप्ती जारी गर्दै एमाले सर्लाहीले चिनियाँ कम्युनिस्ट पार्टीले एमालेलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री एकमुस्ट सरकारलाई जिम्मा लगाएकोले पार्टीको तर्फबाट वितरण नभएको बताएको छ ।