संसदीय समितिको आक्रोश : सरकारले भ्याउँदैन भने मल खाद व्यापारको जिम्मा निजी क्षेत्रलाई देऊ

कृषि मल खाद खरिद प्रक्रियाको सम्बन्धमा अर्थ समितिमा सरकारको तीव्र विरोध भएको छ । वर्षेनि कृषि बाली लगाउने बेलामा, मलको आवश्यक पर्ने बेलामा मल अभाव हुने गरेको र सरकारले कृषकलाई समयमै मल उपलब्ध गराउन नसकेको भन्दै समितिमा सरकारको विरोध भएको हो ।मलको सम्बन्धमा सरकार माथि प्रश्न उठाउँदै अर्थ समितिका सभापति कृष्ण दाहालले भने, ‘डिमाण्ड र सप्लाइको कहिल्यै भेट हुँदैन भने किन रोकिराख्ने ? भो खुल्ला बजारलाई छाडिदिउँ ।’  सभापति दाहालले सरकारी अनुदानले काम नगरेको प्रति आक्रोश व्यक्त गर्दै कृ