ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर सास्ती

विराटनगर । ढुवानीका साधनलाई ठाउँठाउँमा रोकेर दुःख दिने, खाली गाडी गन्तव्यमा पुग्न नदिने अनि लोडअनलोडका कामदारले हिँड्न नपाउने भएपछि ढुवानीमा समस्या भएको छ । यही सास्तीका कारण राजधानी काठमाडौंबाट अन्य जिल्लामा खुद्रा सामान लिएर जाने ढुवानीका साधन १० दिनलाई बन्द गरिएका छन् । अन्य जिल्लाको अवस्था पनि उस्तै रहेको गुनासो ढुवानी व्यवसायीहरूले गरेका छन् । संयुक्त ढुवानी संघ, काठमाडौं ढुवानी व्यवसायी संघ र नेपाल सामान ढुवानी व्यवसायी संघले संयुक्त रूपमा विज्ञप्ति जारी गरी १० दिनका लागि उपत्यकाबाट बाहिरी जिल्ला जाने सामानहरू ढुवानी नगर्ने बताएका छन् । उनीहरूले जेठ ११ गते सम्मका लागि दुई, चार किलो, दुई चार कार्टुन र एक दुई बोरा सामानहरू संकलन गरी जिल्लाजिल्लामा झार्दै जाने सामग्रीहरूको हकमा प्रशासनले समन्वय नगर्दा ढुवानी साधन चालक, सहचालक, लोडअनलोड गर्ने मजदूरले दुःख पाएको बताएका छन् । प्रशासनको ध्यानाकर्षण गर्न सामान ढुवानी नगर्ने निर्णय गरेको ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वनाथ खनालले जानकारी दिए । वैशाख २२ गते काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे माग पेश गर्दै ढुवानीका साधनहरूलाई निषेधाज्ञाका स्वास्थ्य मापदण्ड पालना गर्दै आवतजावतको सहज वातावरण मिलाइदिन ढुवानी व्यवसायी महासंघले ज्ञापनपत्र बुझाएको थियो । अध्यक्ष खनालका अनुसार प्रशासनले ढुवानी व्यवसायीहरूको कुरा नसुनेपछि उपत्यकाका तीनओटा संगठनले विरोधको कार्यक्रम राखेका हुन् । ढुवानीका साधन, कर्मचारी र मजदूरको हकमा ढुवानी कम्पनीको परिचयपत्र, बिलबीजकका आधारमा काममा निर्बाध जान आउन र ढुवानीको साधनलाई समेत नरोक्न गरिएको आग्रहविपरीत प्रहरीले विभिन्न स्थानमा गाडी रोकिदिनाले समस्या भइरहेको अध्यक्ष खनालले बताए । महासंघका महासचिव अरुणकुमार श्रेष्ठका अनुसार मालसामान ढुवानीकै क्रममा कतिपय स्थानमा अत्यावश्यक सामग्रीहरू लोड गर्न जाने र अनलोड गरिसकेपछि फर्कने ढुवानीका साधनहरू घण्टौंसम्म होल्ड गरिदिनाले असहज परिस्थिति सृजना भएको छ । काठमाडौंको सानो भ¥याङ र ठूलो भर्‍याङमा रहेका ५५ ओटा ढुवानी कम्पनीहरूले राजधानीबाट देशभरि आउजाउ गर्नुपर्ने तर प्रशासन कार्यालय बिहान ७ बजेदेखि १० बजेभित्र मात्र छिर्न र निस्कन दिने भएकाले ढुवानी व्यवसायीहरू मर्कामा परेका छन् । यो समयसीमा बढाई २४ सै घण्टा बनाउन गरिएको मागलाई समेत प्रशासनले बेवास्ता गरेका कारण मालसामान उपत्यका भित्र्याउन र बाहिर पठाउन निकै ठूलो समस्या रहेको महासचिव श्रेष्ठले बताए । राजधानीबाट इटहरीको औषधि पसलका लागि ४ कार्टुन, दमकको २ कार्टुन र बिर्तामोडका व्यापारीको स्यानिटाइजरलगायत खुद्रा समान संकलन गरेर गरिने ढुवानी सेवा प्रशासनको अवरोधका कारण ठप्प हुन पुगेको अध्यक्ष खनालले बताए । ढुवानी महासंघका निवर्तमान अध्यक्ष शान्तकुमार ढुमजनले निषेधाज्ञाका बेला ज्यान जोखिममा राखेर गरिरहेको ढुवानीको कामलाई राज्यले नसहजीकरण नगरिदिँदा ढुवानीमा ठूलो समस्या सृजना भएको बताए । उनका अनुसार ड्राइभर गाडीसम्म आइपुग्न समस्या, कामदार उद्योगसम्म पुग्न कठिनाइ, सामान लोड गरेर निस्कियो जिल्लाका नाकानाकामा चेकजाँचको नाममा घण्टौं गाडी रोकेर राख्नुपर्नेजस्ता समस्या व्यवसायीले भोगिरहेका छन् । चालकले बाटोमा खाना खाने होटेलसमेत पाएका छैनन् । ढुवानी साधनका चालकलाई स्वास्थ्य मापदण्ड अपनाएर खाना खाने होटेलको व्यवस्था मिलाइदिनु पर्ने हो । अति आवश्यक सामानको ढुवानी गर्ने गाडीहरूलाई समेत दुःख दिने नियतले रोक्ने गरिएको ढुमजनले बताए । विराटनगर ट्रक व्यवसायी संघका पूर्वअध्यक्ष मेघराज सिग्देलले राज्यले ढुवानीको प्रणलीलाई नै बुभ्mन नसकेको आरोप लगाए । ढुवानी राज्यको लाइफलाइन हो भन्ने प्रशासनले नबुभ्mदा ड्राइभर, श्रमिक र कर्मचारीले दुःख सहनु परेको छ ।

सम्बन्धित सामग्री

लाेडसेडिङले सधैं सास्ती

दुई वर्षअघि सुर्खेत, दैलेख, कालिकोट हुँदै जुम्लासम्म पुर्‍याइएको राष्ट्रिय प्रसारण लाइन भरपर्दो नहुँदा यहाँका नागरिकले सास्ती खेप्दै आएका छन्।...

सवारी सास्ती

प्रत्येक पटक राष्ट्रपतिको ‘सवारी’ चल्दा सर्वसाधारणले सास्ती भोग्नुपर्छ। संघीय संसद्को संयुक्त बैठकलाई शुक्रबार अपराह्न संबोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको दुईतर्फी सवारीमा सडक अस्तव्यस्त भएको छ।...

पुल नहुँदा स्थानीयलाई सास्ती

काठमाडौँ,२२ मँसिर । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि दुई पालिकाका स्थानीयवासीलाई सास्ती भएको छ । बाढीले क्षतिग्रस्त बनाएको पाँच वर्ष बित्दा पनि पुल पुनःनिर्माण नहुँदा वर्षौदेखि सास्ती बेहोर्दै आएको बारबर्दिया नगरपालिका– ११ का रामगोपाल थारुले बताउनुभयो । तरकारी फल्ने र बिक्री हुने यो मुख्य मौसम हो । […]

हिलाम्य सडकमा सास्ती नै सास्ती

उदयपुर, असोज १५ । यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’ हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश […]

हिलाम्य सडकमा सास्ती नै सास्ती

यता हिलो, उता हिलो । टेक्नै नसकिने हिलाम्य सडक । सर्वसाधारणलाई सास्ती । अझ दसैं मान्न घर फर्कनेले त कल्पनै गरेका हुन्नन् कि गाउ“ठाउ“को सडक अवस्था । ‘यस्तो होला भनेर सोचेकोसम्म थिइन“,’ एक यात्री भन्दै थिए, ‘अब फर्कने बेला पनि यही सडक हि“ड्नुपर्ने बाध्यता छ ।’ हुन पनि वर्षात्सँगै उदयपुरका अधिकांश ग्रामीण सडकमा दसैंका यात्रु […] The post हिलाम्य सडकमा सास्ती नै सास्ती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राजमार्ग विस्तारले यात्रुलाई सास्ती

पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत यात्रा गर्ने साना तथा दुईपाङ्ग्रे सवारीसाधानले सास्ती खेप्नुपरेको छ। ठूला सवारी साधनका कारण यस मार्गमा यात्रा गर्ने दुईपाङ्ग्रे तथा साना सवारी साधनलाई यात्रामा थप सास्ती भएको हो।...

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

काठमाडौँ,७ भदौ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा सास्ती भएको जनाउँदै फक्ताङलुङले […]

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ । कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको ४ वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा सास्ती भएको जनाउँदै फक्ताङलुङले गत […]

राजधानीका सडकमा वर्षौदेखि सास्ती : चैतसम्म सकिएला निर्माण ?

काठमाडौं :  देशको संघीय राजधानी काठमाडौंका सडकहरू वर्षौंदेखि अलपत्र  अवस्थामा छन्। उपत्यकाको चक्रपथ बाहिरका सडकहरू वर्षौदेखि कालोपत्रे हुन नसक्दा हिलो र धुलो सास्ती कायमै रहेको छ। इमाडोल–सिद्धिपुर, गोदावरी खोला, लुभु, लामाटार, कर्म नासा खोला, हरिसिद्धि,जोरपाटी–सुन्दरीजल, चाबहिल–साँखु,गोदावरी कुण्डलगायत सडक खण्डका स्थानीयले वर्षौंदेखि हिलो,धुलोको  सास्ती भोग्दै आएका छन्। वर्षातको समयमा हिलोको सास्ती खेपेका स्थानीयले यति वेला धुलोको सास्ती भोगिरहेका छन्। कालोप

पुनर्निर्माणमा झन्झटिलो भुक्तानी प्रक्रियाले सास्ती

गुल्मीमा पुनर्निर्माणको झन्झटिलो प्रक्रियाले नागरिकलाई सास्ती भएको छ । निजी आवास पुनर्निर्माण गरिसकेपछि अनुदान रकम भुक्तानीका लागि झन्झटिलो प्रक्रिया भएकाले लाभग्राहीलाई सास्ती पुगेको जिल्लाका सरोकारवालाको भनाइ छ ।नेकपा एमालेका नेता गणेश श्रीपाली, नेकपा माओवादी केन्द्रका नेता वीरबहादुर कार्की र जसपाका नेता घनश्याम पाण्डेयले जिल्लामा पुनर्निर्माण सन्तोषजनक भए पनि झन्झटिलो भुक्तानी प्रक्रियाले नागरिकले सास्ती पाएको बताए […]