नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र थुप्रै सुधारको आवश्यकता रहेको बताएका छन् । पार्टी र समग्र लोकतान्त्रिक प्रणालीमा नै सुधार गर्न नसकिए जनतालाई सन्तुष्ट बनाउन नसकिने उनको भनाइ छ । बुधबार हलो क्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानको आयोजनामा लमजुङको सुन्दरबजार नगरपालिका–४ स्थित दुराडाँडामा आयोजित कार्यक्रममा बोल्दै पौडेलले अबको लोकतन्त्र आर्थिक विकाससहितको हुनुपर्नेमा जोड दिए । ‘काँग्रेसभित्र पनि थुप्रै सुधारको आवश्यकता छ । सुधार गर्न सकिएन भन