अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिद नजिकै प्रार्थना समाप्त भएको केही मिनेटमै भएको विस्फोटमा परी ४ जनाको मृत्यु भएको एक अस्पतालले जनाएको छ । गत वर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गर्नुअघि कैयौँ दूतावास रहेको पूर्व ‘ग्रिन जोन’भन्दा केही पर रहेको वजीर अकबर खान मस्जिदको प्रवेशद्वार नजिकै विस्फोट भएको थियो ।यस मस्जिदमा अहिले तालिवानका वरिष्ठ कमाण्डर र लडाकुहरू उपस्थित हुने गरेका छन् । राजधानी काबुलमा आकस्मिक अस्पताल सेवा सञ्चालन गर्ने गैरसरकारी संस्था, इमर्जेन्सीले विस्फोटमा प