श्रीलंकामा चार महिनामा चौथो पटक संकटकाल, कार्यवाहक राष्ट्रपतिले जारी गरे सूचना

श्रीलंकाका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिंघेले देशमा संकटकालको घोषणा गरेका छन् । सरकारले आइतबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।श्रीलंकामा जारी विरोध प्रदर्शन र सामाजिक अशान्तिलाई शान्त पार्ने प्रयास भइरहेको छ । श्रीलंका हाल आर्थिक संकटबाट गुज्रिरहेको छ र चार महिनामा चौथो पटक श्रीलङ्कामा संकटकाल लगाइएको छ ।सरकारले जारी गरेको सूचनामा भनिएको छ, ‘सार्वजनिक व्यवस्था कायम राख्न र अत्यावश्यक सेवाको आपूर्ति र मर्मतसम्भारलाई निरन्तरता दिन पनि त्यसो गर्नु जनताको हितमा छ ।’श्र