करिब ६० लाख सोमालियाली खाद्य सङ्कटमा परेको राष्ट्रसङ्घको भनाई

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले सोमालियामा खाद्य सङ्कट उत्पन्न भएको भन्दै सो समस्याको जोखिममा कम्तीमा पनि ६० लाख मानिस परेका बताएको छ । खाद्य सङ्कटका कारण उत्पन्न भएको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसङ्घले सहयोगको अपिल पनि गरेको छ । त्यहाँ केही समय यता देखिको खडेरी तथा आन्तरिक द्वन्द्वका कारण खाद्य सङ्कट परेको जनाइएको छ […]